तराईका अधिकांश स्थानमा हुस्सु, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने

कस्तो रहला आजको मौसम ?

Advertisement

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । यसकारण आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायु कमजोर हुँदै जाँदा वर्षा र हिमपातको सम्भावना नभएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

Advertisement

तराई अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ । 
 
विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

Advertisement