राष्ट्रिय सभा निर्वाचन : बिहीबार उम्मेदवारको नामावली प्रकाशन

Advertisement

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो । 

सोमबार उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । मनोनय दिएका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । सोही सिलसिलामा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको थियो । 

Advertisement

निर्वाचन आयोगको कार्यतालिकाअनुसार २७ गते (शुक्रबार) नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ । 

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निवार्चन आयोगले जनाएको छ । 

राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि माघ ११ मा मतदान हुँदैछ । 

Advertisement

Advertisement