मिटरब्याज पीडितमाथि खुकुरी उज्याउनेविरुद्ध अभद्र व्यवहार मुद्दा

Advertisement

लहान । मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी उज्याउनेविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

सिराहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी कार्यालय मिर्चैयाले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो । सिंहले गत सोमबार आफ्ना छिमेक मिटरब्याजपीडित ३५ वर्षीय सञ्जयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेका थिए ।

Advertisement

पीडित सञ्जयले बुद्धबादर इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यवहार जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । 

दुर्व्यवहारसँगै खुकुरी उज्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मंगलबार नै प्रहरीले सिंहलाई पक्राउ गरेको थियो । तर, पीडितले उजुरी नदिँदा उनलाई त्यसदिन साँझ जमानतमा छाडिएको थियो ।

सिंहलाई बुधबार पक्राउ गरी बिहीबार सिराहा जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement