आरजु राणाको प्रश्न– विवाह गर्न पहिला नै ‘लाइसेन्स’ लिनुपर्ने व्यवस्था गरे कसो होला ?

Advertisement

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं सो पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । 

संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापतिसमेत रहेकी उनले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । 

Advertisement

राणाले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् । उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन् । 

राणाले यसका लागि वडा तहदेखि कानूनीरुपमा नीति बनाउन आवश्यक रहेको बताइन् । विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउँदै उनले धेरै देशहरुमा विवाह अगाडि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको बताइन् । 

बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने राणाको भनाई छ । उनले भनिन्, ‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरु हामीले पाउँदैनौं । विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन शुरु नगर्ने त ? 

राणाले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताइन् । उनले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताइन् । 

Advertisement

Advertisement