लुम्बिनी विकास बैंकको साधारण सभाबाट ८.५० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकको  १६औं वार्षिक साधारण सभा सम्पन्न आज सम्पन्न भएको छ । 

साधारण सभाले आब २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आब २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु परित गरेको छ । 

Advertisement

साथै शेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा आब २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।  

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । 
 

Advertisement

Advertisement