काठमाडौं । निरन्तर घटिरहेको सुनको मूल्य शुक्रबार बढेको छ । चाँदीको मूल्य भने घटेको छ । आज सुन प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।