मानुषी र श्रीजनशील लघुवित्त मर्ज हुने, दुबैले पारित गरे मर्जर प्रस्ताव

Advertisement

काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तको शनिबार बनेपामा सम्पन्न विशेष साधारण सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको हो । 

सभाले ७३ः१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ । 

Advertisement

गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । 

Advertisement

Advertisement