मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट लाभांश पारित, पाँचजना सञ्चालक चयन

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरामा सम्पन्न सत्रौं वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश पारित गरेको छ । 

२०७९/८० को नाफाबाट ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश पारित गरिएको हो । 

Advertisement

सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा सम्पन्न भएको हो । सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत सञ्चालक पदमा चयन भएका छन् । 

Advertisement

Advertisement