काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको पहिलो दिन बजार उचालिएसँगै नेप्से २१ अंक माथि चढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.६२ अंकले उचालिएको छ । १.५१ प्रतिशतले बजार बढ्दा नेप्से २१२०.६२ अंकमा पुगेको छ ।
आज विभिन्न १५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । हिमालयन पावर, कालिका पावर, तेह्रथुम पावर र माथिल्लो मैलुङ खोलाको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यस्तै त्रिशुली जलविद्यूत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ, हिमालयन रि–इन्स्योरेन्सका लगानीकर्ताकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रो, दोल्ती पावर, अपर साङ्गे हाइड्रो पिपुल्स पावर र माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताहरुले क्रमशः ९.९८, ९.९८, ९.९१, ९.६४, ९.२२ र ९.०३ प्रतिशतले नाफा कमाएका हुन् ।
समग्रमा बजार बढे पनि मेगा म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । ३५ करोड ६८ लाख ३८ हजार ७ सय २० रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।