काठमाडौं । तिहार पर्व अघि घटेर बन्द भएको शेयर बजार तिहार बिदा पछि पनि उचालिन सकेन । आज मंगलबार बजार स्थिर रहेको हो ।
तिहार बिदा शुरु हुनु एक दिन अघि गत कात्तिक १४ गते १४.४३ अंकले घटेको बजार आज कात्तिक २० गते ०.२१ अंकले तल झरेको छ । बजार तल झरेर आज नेप्से २६७७.४० अंकमा ओर्लिएको छ ।
समग्रमा बजार स्थिर रहे पनि फाइनान्स, होटल, हाइड्रो, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहमा हरियाली छायो भने बाँकी राताम्मे भएका छन् ।
आज ३०२ कम्पनीका ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच हूँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७.६१ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सुपरमाई हाइड्रो, समाज लघुवित्त, यूनाइटेड मोदी हाइड्रो र गुराँस लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९५, ९.५१ र ९.३२ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ९० लाख ८४ हजार २ सय १२.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।