गरिमा विकास बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । गरिमा विकास बैंकको १७औं वार्षिक साधारण सभा आज सम्पन्न भउको छ ।  सभाले ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

हाल ५ अर्ब १८ करोड ७६ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको साधारणसभाबाट बोनस शेयर पारित भएसँगै चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपियाँ पुगेको छ ।

Advertisement

बैंकको १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

Advertisement

Advertisement