घलेम्दी हाइड्रोपावरको सेयर बिक्री खुला हुँदै

Advertisement

काठमाडौं । घलेम्दी हाइड्रोपावरले माघ ९ देखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । 

लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद भने माघ २३ गतेसम्म रहेको कम्पनीले जनाएको छ । 

Advertisement

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । 

कम्पनीले सो अवधिमा बिक्री नभएको बाँकी सेयर लिलामीमा ल्याउन लागेको हो । 

undefined

Advertisement

Advertisement