आज कतिमा हुँदैछ तरकारी र फलफूलको कारोबार ?

Advertisement

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

मंगलबारको मूल्यसूचीअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपियाँमा खरिदबिक्री भइरहेको छ ।

Advertisement

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रुपियाँ कारोबार हुदाँ स्थानीय काउली ४०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ८० रुपिययाँ प्रतिकेजी कायम भएको छ।

त्यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपियाँ रहेकामा लोकल बन्दा ३०, लोकल सेतो मुला र रातो मुला १०, लोकल घिउसिमी ५०, राजमा घिउसिमी ६० र हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सीको मूल्य ४० रुपियाँ रहेको छ । साथै, तोरीको साग ४०, रायो साग ५०, चम्सुर, पालुंगो, मेथी, सौफको साग १२० रुपियाँमा र जिरीको साग ८० रुपियाँमा कारोबार हुने समितिले जनाएको छ । 

प्रतिकेजी गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज १२० र पुदीना ३०० रुपियाँ हुँदा ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपियाँ पुगेको छ । यस्तै, डल्ले भान्टा र लाम्चो भान्टा ४० र हरियो धनिया १५० रुपियाँमा कारोबार हुने बताइएको छ । 

Advertisement

Advertisement