नेपाल नफर्किनेगरी पीआर लिएर गत बर्ष देश छोड्नेको संख्या ७१ हजारभन्दा बढी

Advertisement

काठमाडौं । गत बर्ष मात्रै नेपाल नफर्किनेगरी अर्काको देशमा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर देश छोड्ने युवाको संख्या ७१ हजारभन्दा बढी रहेको बीबीसीले उल्लेख गरेको छ । 

उक्त समाचार संस्थाका अनुसार सन् २०२३ मा कुल ७१ हजार १०९ जनाले पीआर लिएर नेपाल छोडेका छन् । उनीहरू विकसित भनिएका अमेरिका, बेलायत, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्म कुल १०९ देशमा पुगेको अध्यागमन विभागले जनाएको छ । यसरी बाहिरिनेमा महिलाभन्दा पुरुषको संख्या २५ सय बढी रहेका छन् । 

Advertisement

Advertisement

Advertisement