गठबन्धन भत्काएर भएपनि निकम्मा सरकार फाल्दिन्छौं, ८४ कुरिन्नः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । बिहीवार आफ्नो पार्टी कार्यालय च्यासलमा पार्टीनिकट खेलकुद महासंघको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

ओलीले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ८४ कुर्न नसक्ने अवस्था आउने बताए । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाए । 

Advertisement

अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताउँदै उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताए । नेता ओलीले एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । उनले मिसन ८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए । 

ओलीले भने, ‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ । हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ । हाम्रो पक्षमा बढाएको हुनुपर्छ । हामी खेल मात्रै खेल्दैनौँ । अरु पोल्टिकल काम अरु संगठनमा पनि आवद्ध छौँ । हामी वर्ग संघर्षमा छाँै । हामीले गर्व गर्नुपर्छ यो कुरालाई की हाम्रा बिरोधीहरु एक्लै हामीसँग कोही पनि लड्ने भिड्ने आँट नै गर्र्दैनन् । हामी मात्रै हो एक्लै लड्छौँ भन्ने । हामी लड्यौँ । तर साना साना अंक जोडेर सबै मिलेर सरकार बनाएका छन् ।’ 

उनले थपे, ‘सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर । यो खासै केही होइन, कही गर्न सक्दैन्न भन्ने चिनिसके । त्यस्तो बुख्याचा, निकम्मा सरकार छ । निकम्भामात्रै भइदिएको भए हुन्थ्यो, भ्रष्टाचार र भ्रष्टाचारको संरक्षण, तस्करी, त्यसको संरक्षण, कमिसनखोरी त्यसको संरक्षण, आयोजक र संरक्षण । यस स्थितिमा हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन । उस्तै प¥यो भने हामीले यो गठबन्धन भत्काएर । यतापट्टि यो लोभिपापी नभत्किनसक्छन् । एक पटक एक जनाले भनेका थिए, फलानासँग मेरो गर्धन र घाँटी जोडिएको छ । यिनीहरुको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरुको घाँटी मात्रै होइन सिंगो शरीर जोडिएको छ । यि एकै वंशका, एकै नश्लका हुन् । यि भ्रष्टाचारी, कमिसनतन्त्रीय वंशाका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो । एकै खालका हुन् । त्यसकारण एकै ठाउँमा बस्छन् ।’

Advertisement

Advertisement