किन हुँदैछ नेप्से कारोबार तीन दिन बन्द ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो ।

नेप्सेले दोश्रो चरणको विद्युत् मर्मत तथा सम्भारका लागि भन्दै बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर्थात् पुस ६ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

Advertisement

यसअघि पनि नेप्सेको कारोबार प्रणाली पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राती ११ बजेसम्म बन्द भएको थियो ।

Advertisement

Advertisement