एनआरएनए बद्री केसी समूहद्वारा नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ । 

समूहका अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई दिँदै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो । 

Advertisement

कार्यक्रममा समूहका अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । उनले खेलकुदमा ठूलो लगानी आवश्यक रहेको बताउँदै नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबर्जस्ती खेलाडी बनेर आफैँ व्यवस्थापन गर्नुपर्ने बिडम्बना रहेको बताए । 

केसीले ७० लाख नेपाली एकजुट हुने हो भने सस्टिनेबल पूर्वाधार बनाउनसक्ने बताए । उनले सबै मिलेर खेल क्षेत्रको विकास र बिस्तारमा लाग्नुपर्ने बताए । 

Advertisement