काठमाडौं । बूढानीलकण्ठ हेरिटेज होटल लिमिटेडले आईपीओ तथा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
सोही प्रस्ताव राखेर कम्पनीले छैटौं साधारणसभा पनि आह्वान गरेको छ ।
कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर १४ गते कम्पनीकै रजिष्टर्ड कार्यालमा दिउँसो ४ बजे बस्ने गरी आह्वान गरेको हो ।
सभाले हाल कायम पुँजी ८५ करोड रुपियाँबराबरको २९.५६ प्रतिशतले हुन आउने हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको लेखापरीक्षकसहितको प्रतिवेदन, नाफा नोक्सान हिसाब, सोही अवधिको नाग दप्रवा विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा रहेका छन् ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ ।