काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् । कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा. पौडेललाई विभागीय प्रमुखको जिम्मेबारी दिएको हो ।
क्याम्पसले गत साता विभागीय प्रमुखको जिम्मेबारी दिएसँगै उनले कार्यभार समेत सम्हालिसकेका छन् । चिकित्सा शास्त्रमा विद्यावारिधि गरेर भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसीप समेत हासिल गरिसकेका पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ ।
डा पौडेल रोयल कलेज अफ फिजिसियन अफ इडेनबर्ग, सोसाइटी अफ कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन अमेरिका तथा एसिया प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीबाट समेत विभूषित भैसकेका छन् । उनी हृदयघात भएका हजार भन्दा धेरै व्यक्तिको कोरोनरी एन्जियोप्लाष्टी गरेर बचाउन सफल डाक्टर हुन् । त्यसैगरी उनले विभिन्न मुटु रोग विशेषज्ञहरूलाई तालिम समेत दिएका छन् ।
स्याङग्जाको हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गरेका डा पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी हुन । त्यसका साथै पोखराको पृथ्वी नारायण क्याम्पसबाट विज्ञान संकाय अध्ययन गरेका डा. पौडेलले प्रवीणता प्रमाण पत्र तहमा पनि सर्वोत्कृष्ट भएका थिए।
नेपालगंज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गरेका डा. पौडेलले इन्टरनल मेडिसिनमा स्नातकोत्तर(एमडी) गरेका छन् । त्यसैगरी उनले कार्डियो विषयमा विद्यावारिधि (डक्टरेट अफ मेडिसिन) डीएम हासिल गरेका छन् ।
डा. पौडेलले चिकित्सा शास्त्रमा स्नातकोत्तर र विद्यावारिधि महाराजगंज मेडिकल क्यापसबाट नै हासिल गरेका हुन । सन २००३ देखि चिकित्सकको रुपमा कार्यरत पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ ।