शुक्रबार फरक किसिमको शैक्षिक मेला आयोजना गर्दै अल्फाविटा, प्रवेश निःशुल्क

Advertisement

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित स्थापित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटा कन्सल्टेन्सीले यही आउँदो शुक्रबार शैक्षिक मेलाको तयारी पूरा गरेको छ । 

अल्फाबिटाका ‘अब्रोड स्टडी डिपार्टमेन्ट’का ‘टिम लिडर’ अनिल नेपालले यो मेला नेपालमा आयोजना हुँदै आएका शैक्षिक मेलाहरुमध्ये केही फरक किसिमको कार्यक्रम भएको बताए । 

Advertisement

उनले भने, ‘विगतमा हामीले अष्ट्रेलिया, युएस जस्ता देशमा केन्द्रीत भएर काम गर्दै आएका थियौं । कहिलेकाही विद्यार्थीहरुले एउटा देश जाने लक्ष्य राखे पनि उहाँहरुले फेरि अर्को देश रुचाएको उदाहरण हामीसँग छ । यसपटक चाहिँ हामीले विद्यार्थीहरुलाई एकै छानामुनी पाँच वटा देशका प्रतिनिधिहरु भेट्ने मौका दिन लागेका हौं ।’  

भारत, जापानमा अध्ययन गरेका विज्ञहरुले समेत एक ठाउँमा आएर विभिन्न देशहरुको जानकारी दिने यो पहिलो कार्यक्रम हो भन्दै अनिल नेपालले हालसम्मकै ठूलो मेला भएकाले पनि यसमा विद्यार्थीहरुको आकर्षण हुने अल्फाबिटाले अपेक्षा लिएको बताए । 

मेला अवधिमा कम्तीमा पनि १५ सय विद्यार्थीहरुले भ्रमण गर्ने अल्फाबिटाको अनुमान छ । हालसम्मका कार्यक्रमहरुमा एक हजारको हाराहारीमा विद्यार्थी भेला हुने भए पनि यसपटक भने सो संख्या दुई हजारसम्म पुग्नसक्ने अनमान गरिएको छ । 
विद्यार्थीहरु निःशुल्क प्रवेश गर्नसक्ने यो शैक्षिक मेलामा विद्यार्थीहरुले आफ्नो घर छेउबाटै धेरै वटा देशहरुको बारेमा सहजै जानकारी हाँसिल गर्न सक्ने अनिल नेपालको भनाई छ । 

बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । अल्फाबिटाले विदेश जान इच्छुक विद्यार्थीहरुलाई सकेसम्म मेलामा सहभागी हुन र सुनौलो मौकाको लाभ लिन आग्रह गरेको छ । 

शैक्षिक मेलामा विद्यार्थीहरुले जुटाउनु पर्ने आवश्यक कागज पत्रको बारेमा जानकारी लिनेदेखि उनीहरुले आईईएलटीएस, टोफल, पीटीईका कक्षाहरुमा समेत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने अल्फाबिटाले जनाएको छ । 

Advertisement

Advertisement