आजदेखि घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामी बिक्री खुला

Advertisement

काठमाडौं । घलेम्दी हाइड्रोपावरले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । 

लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ ।

Advertisement

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । 

Advertisement

Advertisement