काठमाडौं । बिहीबार (आज) हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
इन्स्योरेन्सले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्दैछ ।
अतः आजसम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । साथै, कम्पनीले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको ३०औं वार्षिक साधारणसभा यही माघ २५ गते बस्दैछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।