मारुती सुजुकीको पहिलो ईभी ‘ई–भिटारा’ सार्वजनिक, नेपाली उपभोक्ताले अझै केही समय कुर्नुपर्ने

Advertisement

काठमाडौं । मारुती सुजुकीको बहुप्रतिक्षित विद्युतीय गाडी ‘ई–भिटारा’ सार्वजनिक भएको छ । कम्पनीले ई भीएक्स कोड नेम दिएर विकास गरिरहेको पहिलो इलेक्ट्रीक एसयूभी ई–भिटारा सोमबार इटालीको मिलान अटो एक्सपोमा सार्वजनिक भएको हो । 

सुजुकीको पहिलो विद्युतीय सवारी ई भीएक्सको नाम के रहँदा भन्ने कौतुहल्ताकै बीच कम्पनीले ई–भिटारा राख्दै उत्पादन समेत सार्वजनिक गरेको हो । 
ई–भिटाराको शुरुवाती प्रदर्शन इटालीमा भएपनि उत्पादन भने भारतको गुजरातमा नै भएको हो । तथापि, कम्पनीले ग्लोबल मोडलको रुपमा ई–भिटारालाई विश्व बजारमा उतार्ने र ५० प्रतिशत उत्पादन जापान तथा युरोपियन देशहरूमा निर्यात गर्ने लक्ष्य बनाएको छ । 

Advertisement

ई–भिटाराको आधिकारिक बिक्री भने सन् २०२५ को मार्चदेखि भारतमा सुरू हुनेछ । यसअघि आगामी जनवरीमा भारतको राजधानी दिल्लीमा सुरू हुने भारत मोबिलिटी एक्सपोमा ई–भिटारा सार्वजनिक हुने छ । जसले गर्दा नेपाली बजारमा यो गाडी आईपुग्न अझ केही समय लाग्नेछ । 

ई–भिटारामा बीवाईडीको एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ । यसमा ४९ किलोवाट आवर तथा ६१ किलोवाट आवरको दुई साइजको ब्याट्री अप्सन उपलब्ध गराइएको छ । ई–भिटाराको अधिकतम रेन्ज ५०० किलोमिटरसम्मको हुने बताइएको छ ।

undefined

गाडीमा फ्रन्टह्वील ड्राइभ अप्सनमा १०६ र १३५ किलोवाटको दुई मोटर अप्सन रहेको छ । जसमा ४९ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १४४ हर्सपावर तथा ६१ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १७४ हर्सपावर र १८९ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।
त्यस्तै, ई अलग्रिप अप्सन भएको अलह्वील दिएको मोटरले भने कम्बाईन १८४ हर्सपावर तथा ३०० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

सुजुकीको नयाँ ईभी टेक्नलोजी र फिचरले भरिपूर्ण रहेको छ । फ्रन्ट र रियरमा ट्राइस्ल्यास डिजाइनको एलईडी डीआरएल दिएको यो ईभीको चार्जिङ पोर्ट भने फ्रन्टमा दिइएको छ । ई–भिटारामा इन्टेरियरमा फ्लोटिङ डिउल स्क्रीन, अटोमेटिक क्लाइमेट कन्टोल, ३६० डिग्री क्यामरा, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील एडास, प्यानारोमिक सनरुफ, इलेक्टोनिक पार्किङ ब्रेक, अटोहोल्ड, हिल डिसेन्ट कन्टोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जर लगायत फिचर छन् ।

Advertisement

Advertisement