काठमाडौं । नेपाल पेमेन्ट सोलुुशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
यसैक्रममा प्रति शेयर १०० रूपियाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौता-पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाल पेमेन्ट सोलुशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टिक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।