महिला लघुवित्तको ‘लक इन’ फागुन १३ मा सकिँदै, ६ लाख कित्ता शेयर कारोबारमा आउने

Advertisement

काठमाडौं । महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । लघुवित्तको शेयर २०७७ साल फागुन १४ गते  बाँडफाँट भएको थियो । 

हाल संस्थाको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार कर्मचारीको सेयर ‘लक इन’ छ । 

Advertisement

संस्थापक शेयरधनीको असोज ३० गते नै ‘लक इन’ समाप्त भइसकेको कम्पनीले जनाएको छ । फागुन १३ गतेपछि यो शेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । तथापि, कम्पनीको संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने शेयर खरिद बिक्री गर्न नपाउन कम्पनीले जनाएको छ ।

 संस्थाको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट रहेको छ ।

Advertisement

Advertisement