एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेनस कम्पनीले लाभांश घोषणा गरेको छ । 

गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपियाँ प्रस्ताव गर्ने निर्णय गरेको छ । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब १५ करोड ५३ लाख ५ सय १७ रुपियाँ छ । 

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरहरुले पाउने कम्पनी सचिव प्रकाशसिंह कठायतले जनाएका छन् । 
 

Advertisement

Advertisement