एनआइबिएल स्टेबल फन्डमा आजसम्म मात्रै आवेदन दिन सकिने

Advertisement

काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । तसर्थ लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । 

एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ ।

Advertisement

यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । 

एनआइबिएल स्टेलब फन्डमा प्रतिइकाइ १० रुपियाँका दरले आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सकिने बताइएको छ । 

यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ ।

Advertisement

Advertisement