सिटिजन्स बैंकले ३ अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले ३ अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले  नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको हो । 

Advertisement

बैंकले प्रतिकित्ता १ हजार रुपियाँको दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ । १२ लाख इकाई सर्वसाधारणलाई र १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्र निष्काशनका लागि बैंकले यसअघि नै हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

Advertisement