नेप्से २०६७.०१ अंकमा ओर्लियो, चार अर्ब १८ करोडमा खुम्चियो कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज पनि बजार ओरालो झरेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.९२ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से २०६७.०१ अंकमा ओर्लिएको छ । 

Advertisement

आज ३०९ कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९.३७ रुपियाँ बराबरको कारोबार भएको छ । 

समाज लघुवित्तका लगानीतकर्ताहरुले आज सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् भने सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६.५० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ, सोमबार बजार १०.२६ अंकले बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ, मंगलबार १४.८८ अंकले बजार बढ्दा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३.१२ रुपियाँ र हिजो बुधबार बजार २१.६७ अंकले घट्दा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७।४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement