शेयर बजार उचालिंदै गए पनि बढ्न सकेन कारोबार, ‘हिमालयन रि’ कै सर्वाधिक किनबेच

Advertisement

काठमाडौं । शेयर बजार उचालिए पनि आज पनि कारोबार रकम भने बढ्न सकेन ।

नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ७.६३ अंकले बढेको हो । ०.३६ प्रतिशतले बजार बढ्दा नेप्से २०८३.९० अंकमा पुगेको छ । 

Advertisement

आज ३१५ कम्पनीका ७६ लाख २४ हजार ३ सय ७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७.७६ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढेको दिन आज समाज लघुवित्त र गुराँस लघुवित्तका लगानीतर्काहरुले क्रमशः ९.९९ र ९.४२ प्रतिशतले नाफा कमाए ।

त्यस्तै सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । 
 
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार ५.३१ अंकले घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ र हिजो सोमबार  १४.५७ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ  बराबरको कारोबार भएको थियो । 
 
 

Advertisement

Advertisement