बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Advertisement

काठमाडौँ । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आईइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर अंकित मूल्य १०० रुपियाँमामा १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा बुढानिलकण्ठ हेरिटेजका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् ।  

Advertisement

२०७५ सालमा प्रालिको रुपमा दर्ता भई विसंं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं १, काठमामा रहेको छ । संस्थापकहरुको ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी १ अर्ब पुग्नेछ ।

अन्तर्राष्ट्रिय चेन होटेलअन्तर्गत लेमन ट्री प्रिमियरको ब्रान्डबाट सञ्चालन गरी ग्राहकलाई गुणस्तरीय सेवाप्रदानगर्ने उद्देश्यले कम्पनीले बूढानीलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ । 

Advertisement

Advertisement