तिहार सक्किएसँगै किसानलाई धान भित्र्याउने चटारो

Advertisement

हेटौंडा । तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका  छन्  । भाइटीकाको भोलिपल्टदेखि नै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् । 

केही किसानले तिहारअघि नै धान भित्रयाइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् । दिनहुँजसो पानी पर्ने संभावनाका कारण पनि किसान चिन्तीत बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन् । खेतको धान भित्रयाएपछी तोरी, आलु, तरकारीहरु, मकै समेत किसानले लगाउने गरेका छन् ।

Advertisement

पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्रयाउन खेतमा खटिएका हुन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्रयाउन व्यस्त छा्  । वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन् । पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ । एनएनबी

Advertisement

Advertisement