शेयर बजारमा दोहोरो अंकको गिरावटः चार अर्ब आठ करोड रुपियाँको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार ओरालो झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.५० अंकले तल झरेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से २०८५.८२ अंकमा झरेको छ । 

Advertisement

आज ३०५  कम्पनीका १ करोड ५ लाख ७१ ह्जार १ सय ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि समाज लघुवित्त र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै एनआईसी एशिया ग्रोथ फण्ड २ का लगानीकर्ताले सबै भन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement