पाल्पाको तिनाउमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

Advertisement

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६, चिदीमा आज साँझ जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो । 

Advertisement

उक्त जीपमा १५ जना यात्रु सवार थिए । घाइतेहरुको उद्धार गरी लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement