पाँच वर्षमा दुई अर्ब विदेशी मुद्रा भित्र्याएको ट्राइकोट उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मानित

Advertisement

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठूलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित गरेको छ । 

बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ । 

Advertisement

ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठुलो कम्पनी हो । यस कम्पनीले वुलन र कटन को धागोबाट निर्माण हुने पश्मिना स्वेटर, सल, टोपी, मोजा जस्ता पुरुष तथा महिला दुवैका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ । 

करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसँगको सामुहिक लगानीमा खुले पनि २०६२ सालदेखि गोल्यान ग्रुपको एकल स्वामित्वमा संचालनमा आएको यस कम्पनीले युरोपमा सबैभन्दा बढी आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने अमेरिका र भारतमा पनि निर्यात गर्दै आएको छ।

पछिल्लो पांच वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपियाँ बराबरको निर्यात गरेर नेपालको विदेशी मुद्रा संचितिमा ठूलो योगदान पुर्याउदै आएको छ भने नेपाली बजारमा करिब १७ करोड रुपियाँ बराबरको कपडा विक्री गरेर उच्च गुणस्तरको बुनाई कपडाको माग पुरा गरेको छ । 

आफ्ना उत्पादनहरु विश्वमा नाम चलेका कुजतेन, फिंच ह्याटेंन, माला अलिशा, मिन्निरोज, रेमोण्ड जस्ता विश्वका चर्चित ब्राण्डहरुलाई विक्री गर्दै आएको ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानले बताए । 

हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्राण्डका कम्पनीहरुलाई आफ्ना उत्पादनहरु निर्यात गर्दै आएका छौूँ उनले भने, इस्कच र बोसलिना ब्राण्डका कपडाहरु निर्यात गर्दै आएपनि यसको औपचारिक घोषणा गरेका छैनौं ।

बिराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० प्लस कर्मचारीले प्रत्यक्षरुपमा काम गर्छन । जसमा ७० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेका छन् ।
 

undefined

Advertisement

Advertisement