नारायणगढ-काठमाडौं सडक खण्डमा मालबाहक सवारी सञ्चालनमा प्रतिबन्ध

घटस्थापनाको दिनदेखि देशैभरिका सार्वजनिक यातायातको रुट पर्मिट खुला गरिने

Advertisement

काठमाडौं । दसैंतिहार तथा छठ चाडपर्व विशेष लामा दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुल्ला हुने भएको छ ।

मंगलबार बसेको यातायात व्यवसायी, सरकार, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा सरोकारवाला नियकाबीचको छलफलले १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने र सार्वजनिक यातायात र सडक सुरक्षालाई व्यवस्थित र मर्यादित बनाउने सहमति गरेको हो । 

Advertisement

दसैंको सडक सुरक्षालाई र यात्रुहरुको सुविधिालाई ध्यानमा राख्दै असोज १७ गते घटस्थापनाको दिनदेखि कात्तिक १ गते देशभरका सम्पूर्ण सार्वजनिक यातायातको रुट पर्मिट खुल्ला गर्ने निर्णय समेत छलफलले गरेको छ । 

यस्तै, सो अवधिभर यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला मालबाहक सवारी साधनहरुलाई घटस्थापनादेखि पुर्णिमाको दिनसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय समेत छलफलले गरेको छ । 

तथापी प्रचलित कानुन बमोजिम आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात र निर्यात जन्य दुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधि बाहेक प्रतिबन्धित सडक खण्डमा आवतजावतमा रोक नलगाउने निर्णय समेत गरेको छ।

यस्तो बैठकका १४ निर्णहहरु 

१. चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनको लागि सार्वजनिक यातायात सेवा प्रदायकहरुले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा २०८१ साल असोज १२ गते शनिवार देखि अग्रिम टिकट बुकिङ खुला
गर्ने ।

२. यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने ।

३. अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देशय प्रा.लि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, गराउने र यात्रु समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने ।

४. सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिएर मात्र यात्रा गर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने । 

५. सवारी चालकले यात्रुलाई खाना र खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्ने, गराउने । 

६. अनधिकृत काउन्टर, परिचय पत्र पोशाक नभएका व्यक्तिहरुबाट टिकट विक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने, गराउने ।

७. मुख्य सडकलाई मर्मत संभार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने ।

८. यात्रुलाई आवश्यक सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने, गराउने ।

९. यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८१ साल आश्विन १७ गते घटस्थापनादेखि कार्तिक १ गते पुर्णिमासम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने तथापी प्रचलित कानुन बमोजिम आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात र निर्यात जन्य दुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधि बाहेक नारायणगढ देखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने ।

१०. यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने । तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार(प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने ।

११. उपत्यकामा भित्रीने र बाहिरिने प्रमुख स्थान लगायत देशभर मा.प.से र ला.प.से गर्ने सवारी चालकको स्वास्थ्य अवस्थाको बारेमा चेक जाँच गर्नेरगराउने। सवारी चालकले मा.प.से र ला.प.से गरेको पाईएमा निजको सट्टा व्यवसायीले अर्को चालकको व्यवस्था गर्ने ।

१२. लामो दुरीका यात्रीवाहक सवारी साधनहरु गन्तव्यतर्फ प्रस्थान गर्नु अघि अनिवार्य रुपमा सवारीको यान्त्रिक अवस्था लगायतको चेकजाँच गर्ने ।

१३. लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्री बाहक सर्वजनिक सवारीमा कमतिमा दुई जना चालक अनिवार्य रुपमा राखी आलो पालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउन सोको अनुगमन नेपाल प्रहरीले गर्ने ।

१४. १८ वर्ष उमेर पुरा नभएका नाबालकलाई परिचालकको काममा नलगाउने ।

Advertisement

Advertisement