दायुन युइहु एसयुभी नेपाली बजारमा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको छ । चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ । 

यता, नेपाली बजारमा इलेक्ट्रिक भेहिकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेपालका बिभिन्न स्थानमा २०० भन्दा धेरै चार्जिङ्ग स्टेशनहरु स्थापना गरिसकेको छ । यो संख्या अझै बढ्दो क्रममा रहेको छ ।

Advertisement

दायुन युइहु सब–कम्प्याक्ट एसयुभीमा जिबिटि प्रणालीको चार्जिङ्ग प्वाइन्ट रहेको हुनाले सीजी मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ्ग स्टेशनहरु मार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिनेछ । दायुन युइहु सब–कम्प्याक्ट एसयुभीको मुल्य रू. ३१ लाख रहेको छ । 

दायुन ग्रुपको सफलता र अटोमोबाइल सेक्टरमा ३ दशकभन्दा बढी अनुभवलाई मध्यनजर गर्दै सीजी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको छ । दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सले जनाएको छ । 

दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेहिहीकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो भने सन् २०१७ बाट आधिकारिक रूपमा न्यु इनर्जी प्यासेन्जर भेहिहीकल सेगमेन्टमा पनि प्रवेश गरेको पाइन्छ । ६ वटा उत्पादन केन्द्रहरू बाट वार्षिक १८७०००० गाडीहरु उत्पादन गर्ने दायुन ग्रुपले चिनियाँ बजारमा सफलता हासिल गरेको विज्ञप्तिमा उल्लेख छ । 

दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले १०५ एनएम।को टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ भने २०५ बाट ८०५ चार्ज गर्न डिसी चार्जर मार्फत ५० मिनेट भन्दा कम लाग्दछ । दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १५०००० किलोमिटरको वारेण्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १२०००० किलोमिटरको वारेण्टी प्रदान गरेको छ ।

दायुन युइहु सब(कम्प्याक्ट एसयुभीमा उत्कृष्ट २०१ एम।एम। को ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । साथसाथै उक्त गाडी फिचर्सहरुले पनि भरिपूर्ण रहेको छ।  ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरिङ्ग सिस्टम, एयरब्याग, एबिएस, इबिडि, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ ।

Advertisement

Advertisement