आजको मौसम : पहाडी तथा हिमाली भू-भागमा हिमपात

Advertisement

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहँदा यस्तो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Advertisement

त्यसैगरी, राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।  

Advertisement

Advertisement