काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले संस्थापक समूहतर्फको १० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल संस्थाका कायम शेयरधनीसहित जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।
प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपियाँ तोकिएको शेयर खरिद गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित मंसिर ५ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ ।