काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च बैंकरहरु पक्राउ गरे पछि नेपाल बैंकर्स संघ (एनबीए) को आकस्मिक बैठक आज बसेको छ ।
बैंकले लिने धितोको विषयमा प्रहरीको बुझाइ गलत भएकोले यसबारे गृहमन्त्रालय र प्रहरीलाई स्पष्ट पार्ने बैठकको निश्कर्ष छ ।
बैंकिङ क्षेत्रमा विभिन्न पक्षले आक्रमण गरिरहेको अवस्थामा सरकार र प्रहरी प्रशासन पनि कुरा नबुझी अघि बढेको भन्दै बैठकमा आलोचना भएको थियो ।
बैंकरहरु पक्राउ परेपछि बैंकिङ क्षेत्रनै आतंकित भएको अवस्थाका बारेमा नियामक राष्ट्र बैंकलाई पनि वर्तमान घटनाक्रमबारे जानकारी गराउने निर्णय भएको छ ।
हिजो प्रहरीले प्रभु बैंकका सिनियर डीसीओ तथा साविकको सेञ्चुरी बैंकका पूर्वसीईओ मनोज न्यौपाने र तुलसीराम गौतम लगायत १० बैंकरलाई पक्राउ गरेको थियो ।
धितोले खामेन भन्दै बैंकिङ कसुर लगाउने हो भने कर्जा दिने सबै बैंकर जेल जानुपर्ने हुन्छः ज्ञवाली