ग्लोबल आईएमई लघुवित्तको नाफा १९ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । चालू आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले ४ करोड ४ लाख ७७ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तको नाफा ३ करोड ४० लाख रुपियाँ थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशतले बढेको हो । 

समीक्षा अवधिमा लघुवित्तले १३ करोड ७१ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आवमा १५ करोड ५७ लाख रुपियाँ थियो ।

Advertisement

त्यस्तै, असोज मसान्तसम्म लघुवित्तले २ करोड २२ लाख रुपियाँ नेट फि एण्ड कमिसन इनकम, १५ करोड ९४ लाख रुपियाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपियाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपियाँ छ ।

६१ करोड ८९ लाख रुपियाँ चुक्ता पुँजी रहेको लघुवित्तको सञ्चित नाफा भने ५४ करोड ३४ लाख रुपियाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब १२ करोड ६४ लाख रुपियाँ निक्षेप संकलन गरी ९ अर्ब ८४ लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८७.८० रुपियाँ र मूल्य आम्दानी अनुपात ५०.४६ गुणा रहेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement