काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्कीबाट बुटवल लगिँदै छ ।
बुद्ध एयरको बिहानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लगिने भएको हो ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा रविलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको थियो । रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
बुटवलमा पनि उजुरी परेपछि रविलाई बयानका लागि आज बुटवल लैजान लागिएको हो ।