बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सानिमा जिआईसी

Advertisement

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । 

कम्पनीले बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति तथा संस्थालाई लक्षित गर्दै मंसिर ९ गतेबाट भौतिक तथा भर्चुअल माध्यममार्फत बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । 

Advertisement

योग्य व्यक्ति तथा संस्थाले मंसिर ७ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय टंगाल काठमाडौं वा नजिकका शाखा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । 

तालिम मंसिर ९ देखि ११ गतेसम्म तीन दिन चल्नेछ कम्पनीले जनाएको छ । 

undefined

Advertisement

Advertisement