आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, कोशी र गण्डकीमा हिमपातको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सो प्रभावका कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

Advertisement

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि विभागले जनाएको छ ।
 

Advertisement

Advertisement