चन्द्रागिरिभित्रका उद्यमीहरुको प्रवर्द्धर्न गर्न कोष र नगरपालिकाबीच कर्जा सुरक्षणको समझदारी

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र चन्द्रागिरि नगरपालिकाबीच उक्त पालिकाको उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सुरक्षण गर्ने समझदारी भएको छ । 

वित्तीय संस्थाको समन्वयमा दिइने विशेष ब्याज अनुदान कार्यविधि, २०७९ बमोजिम बिहीबार उक्त समझदारी भएको कोषले जनाएको हो । समझदारीपत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले हस्ताक्षर गरे ।

Advertisement

समझदारीअनुसार नगरपालिको उत्पादन, रोजगारी र व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा दिइने विशेष ब्याज अनुदान कार्यविधिको व्यवस्थाअनुसार वित्तीय संस्थाले नगरपालिकाभित्र विभिन्न उद्यममा प्रवाह गरेको कर्जाको सुरक्षण कोषले गर्नेछ । यस्तो सुरक्षण कर्जा सुरक्षण नियमावली, २०७५ बमोजिम हुनेछ । 

Advertisement

Advertisement