काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) १२ बजे बस्दैछ । आजको बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२६ (क) बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन, २०८०’ पेस गर्नेछिन्।
त्यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले 'नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०' सभा समक्ष पेस गर्नेछन् भने विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले 'खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८०' सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायक व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ुसम्पत्ति शुद्धीकरण (मनी लाउउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ ।