काठमाडौं । सिड इनर्जीले १५ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
यसैक्रममा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
सम्झौतामा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन् ।