सरकारको प्रवक्तामा रेखा शर्माको निरन्तरता

Advertisement

काठमाडौं । पुनर्गठित सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो । 

उनी यसअघि पनि प्रचण्ड सरकारको प्रवक्ता थिइन् ।

Advertisement

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्ट्याटस अफ वुमन सीएसडब्ल्यू’ को ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी गराइन् ।

सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उनको भनाइ छ । 

गत बुधबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । अहिलेको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ ।

Advertisement

Advertisement