राष्ट्रियसभा अध्यक्षका लागि सत्तापक्षबाट नारायण दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार

Advertisement

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठवन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहालका भाई नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् भने शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

Advertisement

कांग्रेसबाट यसअघि कृष्ण सिटौला उम्मेदवार हुने भनिए पनि पराजित हुने अवस्था आएपछि शर्मालाई अघि सारिएको हो । 

Advertisement

Advertisement