प्रभु बैंकको सिनियर डीसीइओसहितका १० बैंकर हाजिरी जमानीमा थुनामुक्त

Advertisement

काठमाडौं । प्रभु बैंकका सिनियर डेपु्टी सीईओ मनोज न्यौपाने र तत्कालीन सञ्चुरी बैंकका सीईओ तुल्सी गौतमसहित १० जना बैंकर थुना मुक्त भएका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको १७ दिन पछि हाजिरी  जमानीमा थुनामुक्त भएका हुन् । 

Advertisement

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा फागुन १५ गते उनीहरुलाई पक्राउ गरी थुनामा राखिएको थियो । 

बैंकरहरु मनोज न्यौपाने, राजेश भण्डारी, दिलिप बराल, सुबासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेतलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । 

राष्ट्र बैंकको विज्ञ समूहसहित टोलीले पनि अनुसन्धान शुरु गरेको र अनुसन्धान लम्बिने देखिएपछि सरकारी वकिलको राय र अनुसन्धान अधिकृतको तजबिजीमा उनीहरुलाई छोडिएको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement